क्यानडा र बोस्नियाबीचको रोमाञ्चक खेल १-१ को बराबरीमा टुङ्गियो

spot_img

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो उद्घाटन खेलमा सह-आयोजक क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाले १-१ गोलको रोमाञ्चक बराबरी खेल्दै अङ्क बाँडेका छन्। क्यानडाको घरेलु मैदान टोरन्टो स्टेडियम (बीएमओ फिल्ड) मा खेलिएको यस ऐतिहासिक खेलमा दुवै टोलीले निकै आक्रामक र संघर्षपूर्ण खेल प्रदर्शन गरे। क्यानडाको घरेलु भूमिमा खेलिएको यो पहिलो पुरुष फिफा विश्वकप खेल समेत हो।

खेलको २१औं मिनेटमा बोस्नियाका जोभो लुकिचले हेडमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले पछि परेको क्यानडाले दोस्रो हाफमा खेल नियन्त्रणमा लिँदै लगातार आक्रमण बुन्यो। खेलको ७६औं मिनेटमा मैदान प्रवेश गरेका सब्सिच्युट खेलाडी काइल लारिनले मैदान छिरेको दुई मिनेटमै अर्थात् ७८औं मिनेटमा प्रमिस डेभिडको पासमा सानदार गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। यस बराबरीसँगै क्यानडाले पुरुष विश्वकपको इतिहासमा आफ्नो पहिलो ऐतिहासिक अङ्क जोड्न सफल भएको छ।

सम्बन्धित समाचार

ताजा समाचार