विश्वकप २०२६: दक्षिण कोरियाको सानदार सुरुवात, चेक गणतन्त्र २-१ ले पराजित!

spot_img

फिफा विश्वकप २०२६ को समूह ‘A’ अन्तर्गत आज बिहान सम्पन्न रोमान्चक खेलमा एसियाली शक्ति राष्ट्र दक्षिण कोरियाले सानदार कमब्याक गर्दै चेक गणतन्त्रलाई २-१ गोल अन्तरले पराजित गरेको छ।

मेक्सिकोको ग्वाडलाहारा स्टेडियममा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै नाटकीय रह्यो। खेलको ५९औँ मिनेटमा चेक गणतन्त्रका कप्तान लादिस्लाभ क्रेइची (Ladislav Krejci) ले उत्कृष्ट हेडमार्फत गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

१६ वर्षपछि (सन् २०१० को दक्षिण अफ्रिका विश्वकप पछि) दक्षिण कोरियाले विश्वकपको आफ्नो पहिलो उद्घाटन खेल जितेको यो पहिलो पटक हो। स्टार फरवार्ड सन ह्युङ-मिन (Son Heung-min) को कप्तानीमा रहेको दक्षिण कोरियाले यो जितसँगै समूह ‘A’ मा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ। यसअघि आजै भएको खेलमा आयोजक मेक्सिकोले पनि दक्षिण अफ्रिकालाई पराजित गर्दै ३ अङ्क जोडिसकेको छ।

सम्बन्धित समाचार

ताजा समाचार