पहिलो पटक रामारोशन स्काई रन २०२६ हुने: ७.५ लाख बराबरको पुरस्कार राशि

spot_img

नेपाल एड्भेन्चर रनिङ फेडेरेसन (NARF) ले आफ्नो पहिलो आधिकारिक स्काई रनिङ प्रतियोगिता “रामारोशन स्काई रन २०२६” आयो जना गर्ने भएको छ । प्रतियोगिता सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रामारोशन क्षेत्रमा असार ३, २०८३ (१७ जुन २०२६) मा सञ्चालन हुनेछ । प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका तथा साँफेबगर नगरपालिकाको सहकार्यमा आयोजना हुन लागेको हो । कार्यक्रमको उद्देश्य सुदूरपश्चिम नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन तथा स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको छ ।

‘वाह्न वण्ड अठा र खण्ड’ का नामले परिचित रामारोशन क्षेत्र समुद्री सतहबाट २,०५० मिटर देखि ३,८५० मिटरसम्म फैलिएको छ । हिमाली ताल, विशाल पाटन, घना वन तथा मनोरम हिम शृङ्खलाबीच सञ्चालन हुने यस प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्काई रनिङ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिता अन्तर्गत २८ किलोमिटर स्काई रनिङ च्यालेन्जमा पुरुष तथा महिला खुला विधामा प्रतिस्पर्धा हुनेछ भने स्थानीय युवाहरूलाई प्रोत्साहन गर्न २० वर्ष मुनिका लागि ५ किलो मिटर सामुदायिक दौड समेत आयोजना गरिनेछ ।

२८ किलो मिटरको स्काई रनिङ मार्ग (२१५० मिटर) रामेखण्डबाटसुरु भई जिइंगले ताल, लामादह ताल, रोशन पाटन, चांखाटप ( ३८२० मिटर) तथा किनिमिनीपाटन लगायतका प्रमुख प्राकृतिक स्थलहरू पार गर्दै पुनः रामेखण्ड मै समाप्त हुनेछ । मार्गभर धावकहरूको सुरक्षा र सुविधाका लागि ६ वटा वाटर पोइन्ट र ६ वटा चेकपोइन्टको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा अधिकतम १०० जना सहभागीहरूलाई मात्र सहभागिताको अवसर प्रदान गरिनेछ। दर्ता २ जुन २०२६ (जेठ १९, २०८३) देखि खुलाहुने छ । दर्ता शुल्क रु. २,५०० प्रति सहभागी तोकिएकोछ भने स्थानीय सहभागीहरूका लागि दर्ता निः शुल्क रहनेछ । साथै दर्ता गर्ने पहिलो ३० जना सहभागीहरूलाई काठमाडौं- रामारोशन-काठमाडौं निःशुल्क यातायात सुविधा उपलब्ध गरा इनेछ । दर्ता भएका सबै सहभागीहरूलाई रामारोशनमा आवास, भोजन तथा अछामभित्र तोकिएको स्थानबाट आवतजावत यातायात सुविधा उपलब्ध गराइनेछ । सबै सहभागीहरूले सहभागिता प्रमाणपत्र प्राप्त गर्नेछन् भने २८ किलोमिटर मुख्य दौड पूरा गर्ने धावकहरूलाई फिनिशर मेडल प्रदान गरिनेछ ।

प्रतियोगिताको कुल पुरस्कार राशि रु. ७,५२,००० रहेको छ । २८ किलोमिटर स्काई रनिङ च्यालेन्ज अन्तर्गत पुरुष तथा महिला दुवै विधामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने धावकहरूले क्रमशः रु. १,००,०००, रु. ७५,००० र रु. ५०,००० नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, पुरुष तथा महिला दुवै विधाका शीर्षकमा १० स्थान प्राप्त गर्ने धावकहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ । प्रापतीय प्रतिभा प्रोत्साहनका लागि आयोजना गरिने ५ किलो मिटर सामुदायिक दौड अन्तर्गत पुरुष तथा महिला दुवै विधामा प्रथम, रु. १५,००० र रु. १०,००० नगद पुरस्कार प्राप्त गर्नेछन् । सबै विजेताहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिनेछ ।

“रामारोशन स्काई रन २०२६ केवल एक खेलकद प्रतियोगिता मात्र नभई सदरपश्चिम नेपालको प्राकतिक सम्पदा, स्थानीय संस्कृति, साहसिक पर्यटन तथा ग्रामीण अर्थतन्त्रको प्रवर्द्धन गर्ने महत्वपर्ण अभियानका रूपमा लिइएको छ । यस प्रतियोगिताले नेपालमा स्काई रनिङ खेलको विकास, अन्तर्राष्ट्रिय खेल पर्यटनको विस्तार तथा रामारोशन क्षेत्रलाई विश्व स्तरको साहसिक खेल गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदा नपत्याउने विश्वास आयोजकले लिएको जानकारी दिएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार