आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ।
स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य नेपालले मात्र ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ७४ रन र इशान पाण्डेले ५५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले। बलिङतर्फ नेपालका ललित राजवंशीले ४ विकेट र सन्दीप लामिछानेले ३ विकेट लिएपछि स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमै समेटिएको थियो।
यो जितसँगै नेपाल लिग-२ को अंकतालिकामा २० अंकसहित सातौं स्थानमा रहेको छ भने स्कटल्याण्ड ३८ अंकका साथ शीर्ष स्थानमा यथावत छ।

