फुटबल प्रेमीका लागि खुसीको खबर: फिफा विश्वकप २०२६ को खेलतालिका सार्वजनिक

spot_img

फिफा विश्वकप २०२६ को आधिकारिक खेलतालिका सार्वजनिक भएको छ, जस अनुसार प्रतियोगिता आगामी जुन ११ (नेपाली समय अनुसार जेठ २९ गते राति) देखि सुरु हुनेछ।

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको यस पटकको विश्वकपमा पहिलो पटक ४८ टोलीहरूले सहभागिता जनाउँदै छन्, जसका कारण कुल खेल संख्या १०४ पुगेको छ। उद्घाटन खेल मेक्सिको सिटीको ऐतिहासिक एस्टेका स्टेडियममा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। नेपाली समय अनुसार यो खेल जेठ २९ गते राति १२:४५ बजे सञ्चालन हुने तालिका रहेको छ।

नेपाली फुटबल प्रेमीहरूका लागि अधिकांश खेलहरू मध्यरात र बिहानको समयमा पर्ने देखिएको छ। तालिका अनुसार खेलहरू मुख्य गरी राति ९:४५, १२:४५, बिहान ३:४५ र ६:४५ बजे सुरु हुनेछन्। साविक विजेता अर्जेन्टिनाले आफ्नो पहिलो खेल जुन १७ (असार ३ गते) बिहान ६:४५ बजे अल्जेरियासँग खेल्नेछ भने ब्राजिलले जुन १४ मा मोरक्कोको सामना गर्नेछ। क्यानडा र अमेरिकाले पनि जुन १३ मा आफ्ना पहिलो खेलहरू खेल्नेछन्।

३९ दिनसम्म चल्ने यस फुटबल महाकुम्भको फाइनल खेल जुलाई १९ (साउन ४ गते) न्युयोर्कको मेटलाइफ स्टेडियममा हुनेछ। यस पटकको विस्तारित संरचनाले गर्दा विश्वभरका प्रशंसकहरूले थप रोमाञ्चक र धेरै खेलहरू हेर्न पाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार