उद्योगी शेखर गोल्छा प्रहरी नियन्त्रणमा

spot_img

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा प्रतिष्ठित उद्योगी शेखर गोल्छालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार दिउँसो काठमाडौंको नक्सालबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पछिल्लो समय चर्चामा रहेको ‘इन्साइडर ट्रेडिङ’ र सेयर बजारमा गरिएको भनिएको अस्वाभाविक चलखेलको विषयमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

धितोपत्र बोर्ड र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रारम्भिक छानबिनमा हिमालयन रि-इन्स्योरेन्स लगायतका कम्पनीहरूको सेयर कारोबारमा गोल्छाको संदेहास्पद भूमिका देखिएको उल्लेख छ। उनलाई यसअघि नै पक्राउ परेका विवादित व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालसँग मिलेर गैरकानूनी रूपमा बजार प्रभावित पारेको र भित्री सूचनाका आधारमा सेयर कारोबार गरी लाभ लिएको आरोप लागेको छ। सीआईबीले यस प्रकरणमा थप प्रमाण संकलन र सोधपुछका लागि उनलाई हिरासतमा राखेको छ भने यो प्रकरणमा अन्य ठूला व्यापारिक घरनाका व्यक्तिहरू समेत अनुसन्धानको दायरामा रहेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार