“चौतर्फी दबाबपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, नैतिकताको आधारमा पद छाडेको घोषणा”

spot_img

विवादास्पद व्यवसायीसँगको व्यावसायिक साझेदारी र अपारदर्शी सेयर कारोबारको आरोप लागेका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर उनले आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

विवादास्पद व्यवसायी दीपक भट्टसँगको साझेदारी र सम्पत्ति विवरणमा सेयर खरिदको स्रोत नखुलेको विषय सार्वजनिक भएपछि उनीमाथि राजीनामा दिन चौतर्फी दबाब सिर्जना भएको थियो। आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र बाहिरबाट ‘स्वार्थको द्वन्द्व’को प्रश्न उठेपछि उनी रक्षात्मक बनेका थिए।

राजीनामापछि सामाजिक सञ्जालमा लेख्दै गुरुङले आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न पद त्यागेको बताएका छन्। “उठाइएका प्रश्नहरूको सत्यतथ्य छानबिन होस् र सरकारको सुशासनको अभियानमा कुनै बाधा नपुगोस् भन्नका लागि मैले नैतिकताको आधारमा राजीनामा दिएको हुँ,” उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले गुरुङको राजीनामा स्वीकृत गर्दै गृह मन्त्रालयको जिम्मेवारी तत्कालका लागि आफैँले सम्हाल्ने वा अर्को मन्त्री नियुक्त गर्ने भन्नेबारे छलफल थाल्नुभएको बुझिएको छ। जेन्-जी  आन्दोलनको रापतापबाट राजनीतिमा आएका गुरुङको यो बर्हिगमनलाई नेपाली राजनीतिमा सुशासनको कडीको रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार