संसद्को पहिलो बैठक सुरु: प्रधानमन्त्री बालेन सहभागी, तर सम्बोधन नगर्ने

spot_img

जेड जेनेरेसन (Gen Z) को आन्दोलन र गत फागुन २१ को निर्वाचनपछि बनेको नयाँ प्रतिनिधि सभाको पहिलो ऐतिहासिक बैठक आज दिउँसो २ बजेदेखि सिंहदरबारमा सुरु भएको छ।

यस विशेष अवसरमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संसद् भवनमा उपस्थित भए पनि आजको बैठकमा उनले सदनलाई सम्बोधन नगर्ने भएका छन्। संसद् सचिवालयका अनुसार आजको बैठक मुख्यतः औपचारिक प्रक्रिया, राष्ट्रपतिबाट प्राप्त पत्रहरू वाचन र ज्येष्ठ सदस्यद्वारा सदन सञ्चालनमा केन्द्रित रहनेछ।

प्रधानमन्त्रीले आज सम्बोधन नगरे पनि उनको उपस्थितिले सदनमा नयाँ उत्साह थपेको छ भने शीर्ष नेताहरू र नवनिर्वाचित सांसदहरूले आजको बैठकमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ।

सम्बन्धित समाचार

ताजा समाचार