ऐतिहासिक फड्को: मधेशी मूलका पहिलो र सबैभन्दा कान्छा प्रधानमन्त्री बने बालेन

spot_img

नेपालको राजनीतिक इतिहासमा आज एक अत्यन्तै गौरवपूर्ण र ऐतिहासिक अध्याय थपिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ३६ वर्षीय नेता बालेन्द्र शाहले नेपालको ४५ औँ प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ ग्रहण गराएका हुन्। बालेनको यो नियुक्ति केवल एउटा सत्ता परिवर्तन मात्र नभई नेपाली राजनीतिमा दुईवटा ठूला ऐतिहासिक रेकर्डको उदय पनि हो। उनी नेपालको संसदीय लोकतान्त्रिक इतिहासमै मधेशी मूलबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति भएका छन् भने ३६ वर्षको उमेरमा यो पद सम्हाल्दै सबैभन्दा कान्छा कार्यकारी प्रमुख समेत बनेका छन्।

भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ पछि भएको निर्वाचनमा रास्वपाले १८२ सिटसहित ऐतिहासिक बहुमत प्राप्त गरेसँगै बालेनलाई सरकारको नेतृत्व गर्ने जनमत मिलेको हो। बालेनले आफ्नो शपथ ग्रहणका क्रममा किरात संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’ लगाएर नेपालको जातीय र सांस्कृतिक विविधतालाई सम्मान गर्ने सन्देश दिएका छन्।

मधेशको छोराका रूपमा आफूलाई प्रस्तुत गर्दै आएका बालेनले काठमाडौँको मेयरका रूपमा देखाएको कार्यक्षमता र अब देशकै नेतृत्व सम्हाल्दा उनले बोकेको मधेशी पहिचानले वर्षौँदेखिको राज्यको मूलप्रवाहमा पहुँचको खाडललाई पुर्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार