चैत १३ मा बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने: नयाँ सरकारको ऐतिहासिक सुरुवात

spot_img

नेपालको राजनीतिमा एउटा नयाँ युगको सुरुवात गर्दै नवनिर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आगामी चैत १३ गते  प्रधानमन्त्री पदको शपथ लिने निश्चित भएको छ। २०८२ फागुनमा सम्पन्न ऐतिहासिक निर्वाचनमा रास्वपाले झण्डै दुई–तिहाइ बहुमत प्राप्त गरेपछि बालेन शाह मुलुकको कार्यकारी प्रमुख बन्न लाग्नुभएको हो।

बालेन शाहले चैत १३ गते विशेष शुभ साइतमा शपथ लिने तयारी गरिएको छ। संयोगवश सोही दिन राम नवमी पर्व समेत परेकाले यसलाई अर्थपूर्ण र शुभ संकेतका रूपमा हेरिएको छ।

प्रधानमन्त्रीको शपथभन्दा एक दिन अघि अर्थात् चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार