कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: कम्तिमा ६६ सैनिकको मृत्यु, दर्जनौँ घाइते

spot_img

कोलम्बियाको दक्षिणी क्षेत्रमा पर्ने पुटुमायो प्रान्तमा वायुसेनाको एउटा ढुवानी विमान दुर्घटनाग्रस्त हुँदा कम्तिमा ६६ जनाको ज्यान गएको छ।

आइतबार प्युर्तो लेगुइजामो सहरबाट उडान भर्ने क्रममा अमेरिकामा निर्मित ‘सी–१३० हरक्युलस’ विमान दुर्घटनामा परेको हो। कोलम्बियाका रक्षा मन्त्रालय र वायुसेनाका अनुसार उक्त विमानमा चालक दलका ११ सदस्य र ११४ सैनिक गरी कुल १२५ जना सवार थिए। दुर्घटनामा परी बाँकी रहेका अन्य यात्रुहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको र उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ।

रक्षा मन्त्री पेद्रो साञ्चेजका अनुसार उडान भर्ने बित्तिकै विमानमा आगो लागेको थियो। विमानमा सैनिकहरूका लागि आवश्यक गोला–बारुद र सैन्य सामग्री भएकाले आगो लागेपछि ठूला विष्फोटहरू भएका थिए, जसका कारण मानवीय क्षति अझ बढी भएको हो।

सम्बन्धित समाचार

ताजा समाचार