नेविसंघको ऐतिहासिक निर्णय: कांग्रेसको भ्रातृ संगठनबाट अलग भई ‘स्वशासित’ बन्ने घोषणा

spot_img

नेपाली कांग्रेसको सबैभन्दा बलियो र पुरानो विद्यार्थी संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ) ले पार्टीको भ्रातृ संगठनका रूपमा नरहने निर्णय गरेको छ। शुक्रबार सम्पन्न नेविसंघको सिनेट बैठकले संगठनलाई पूर्ण रूपमा ‘कार्यगत स्वायत्तता’ दिने उद्देश्यले यस्तो कदम चालेको हो।

अध्यक्ष दुजाङ शेर्पाका अनुसार, अब नेविसंघले पार्टीको निर्देशनमा मात्र चल्नुपर्ने बाध्यतालाई तोडेर विद्यार्थी र राष्ट्रिय मुद्दाहरूमा स्वतन्त्र रूपमा आवाज उठाउनेछ। यद्यपि, संगठनले नेपाली कांग्रेसको मूल विचारधारा र बीपी कोइरालाको सिद्धान्तलाई भने आत्मसात् गरिरहने स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

ताजा समाचार