संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्क (SDSN) द्वारा सार्वजनिक गरिएको ‘विश्व खुसी प्रतिवेदन २०२६’ अनुसार नेपाल दक्षिण एसियाकै सबैभन्दा खुसी देश बन्न सफल भएको छ।
दक्षिण एसियाली मुलुकहरूमध्ये नेपाल पहिलो स्थानमा रहेको छ। नेपालले भुटान, भारत, पाकिस्तान र श्रीलङ्कालाई पछि पारेको छ।कुल सूचीकृत देशहरूमध्ये नेपाल ९९औँ स्थानमा रहेको छ।
सन् २०२५ मा नेपाल ९२औँ स्थानमा थियो। यस वर्ष विश्वव्यापी र्याङ्किङमा ७ स्थान तल झरे पनि दक्षिण एसियाली क्षेत्रमा भने नेपालले आफ्नो अग्रता कायम राखेको छ।प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (GDP), सामाजिक सहयोग, स्वस्थ आयु, स्वतन्त्रता, उदारता र भ्रष्टाचारको अवस्थालाई आधार मानी यो सूचकांक तयार पारिएको हो।

