सिलिण्डर लुकाउने श्रीराम ग्यासलाई आधा भरिएका सिलिण्डर बेच्न अनुमति

spot_img

बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा ललितपुरको हरिसिद्धस्थित श्रीराम ग्यास उद्योग कारबाहीमा परेको छ। [

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा उक्त उद्योगले ठुलो परिमाणमा ग्यास लुकाएर राखेको फेला परेपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो।विभागको टोलीले उद्योगको गोदाममा लुकाएर राखिएको अवस्थामा ६ हजार ३ सय ७७ थान भरिएका सिलिण्डर बरामद गरेको छ। बजारमा ग्यासको हाहाकार भइरहेका बेला उद्योगले “ग्यास छैन” भन्दै कृत्रिम अभाव सिर्जना गरेको विभागको ठहर छ।उपभोक्ता संरक्षण ऐन बमोजिम उद्योगलाई तत्काल ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।

बरामद गरिएका सिलिण्डरहरूलाई अब नेपाल आयल निगमको प्रत्यक्ष निगरानी र समन्वयमा बजारमा पठाउन निर्देशन दिइएको छ। हालको सङ्कटलाई मध्यनजर गर्दै उपभोक्तालाई राहत दिन ती ग्यास सिलिण्डरहरू ७.१ केजी (आधा सिलिण्डर) मात्र भरेर बिक्री गर्न अनुमति दिइएको छ।

सम्बन्धित समाचार

ताजा समाचार