इन्धन संकटको त्रास: ग्यासमा ‘कोटा’ प्रणाली लागू, आधा सिलिन्डर मात्र पाइने

spot_img

मध्यपूर्व (पश्चिम एसिया) मा बढ्दै गएको युद्ध र तनावका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली प्रभावित भएसँगै नेपालमा पनि इन्धन र खाना पकाउने ग्यासको अभाव देखिन थालेको छ। बजारमा ग्यासको चरम अभाव र उपभोक्ताको लुकाउने  प्रवृत्ति बढेपछि नेपाल आयल निगमले आजैदेखि लागू हुने गरी ‘आधा सिलिन्डर’ मात्र ग्यास बिक्री गर्ने निर्णय गरेको छ।

निगमको पछिल्लो निर्णय अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास मात्र खरिद गर्न पाउनेछन्, जसको मूल्य प्रति सिलिन्डर ९५५ रुपैयाँ तोकिएको छ। ग्यास डिपोहरूमा बिहानैदेखि उपभोक्ताको लामो लाइन लागेको छ भने धेरैले हप्तौँसम्म पालो नपाएको गुनासो गरिरहेका छन्।

आयल निगमले पेट्रोल र डिजेलको मौज्दात हाललाई सुरक्षित रहेको दाबी गरे पनि ग्यासको हकमा भने सावधानी अपनाउन ‘रासन’ प्रणाली लागू गरेको हो। सरकारले उपभोक्तालाई ग्यासको विकल्पमा विद्युतीय चुल्हो (Induction) प्रयोग गर्न र अनावश्यक भण्डारण नगर्न अपिल गरेको छ। बजारमा कालोबजारी गर्ने र ग्यास लुकाउने पसलहरूमाथि कडा निगरानी र अनुगमन सुरु गरिएको गृह मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार