रास्वपालाई धक्का: नवलपरासी सभापति महेन्द्र सिंह ठकुरी कांग्रेस प्रवेश

spot_img

प्रतिनिधिसभा निर्वाचन हुन करिब एक साता बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका जिल्ला सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।

बिहीबार नवलपरासीको बर्दघाटमा आयोजित एक चुनावी सभाका बीच ठकुरीलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले खादा र माला लगाएर पार्टीमा स्वागत गर्नुभयो। निर्वाचनको अन्तिम तयारी भइरहेका बेला रास्वपाको जिल्ला नेतृत्व नै कांग्रेसमा समाहित हुनुलाई नवलपरासीको चुनावी समीकरणमा अर्थपूर्ण रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार