निर्वाचनको दिन पनि हवाई उडान सुचारु रहने

spot_img

निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई उडान यथावत सञ्चालन गर्न दिने निर्णय गरेको छ।

आयोगले बुधबार गृह मन्त्रालयलाई पत्र लेख्दै मतदानको दिन हवाई उडानमा कुनै अवरोध नगर्न र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो। यसअघि निर्वाचनको दिन अत्यावश्यक र चार्टर उडानबाहेक अन्य आन्तरिक उडान ठप्प हुने गरेकोमा यसपटक यात्रुको सुविधालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको आयोगका प्रवक्ताले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

ताजा समाचार