दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

spot_img

दाङको तुलसीपुरमा नेकपा (एमाले) को झण्डा जलाएको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका–४ का ३० वर्षीय रमेश राना मगर र वडा नम्बर ६ का २४ वर्षीय विक्रम परियार रहेका छन्। यसअघि नै प्रहरीले ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई नियन्त्रणमा लिइसकेको थियो, जसले गर्दा यस घटनामा पक्राउ पर्नेको संख्या तीन पुगेको छ।

यो घटना गत बिहीबार राति तुलसीपुरको वीरेन्द्र चोकमा घटेको थियो, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वागतका लागि भेला भएको भिडका बीच केही व्यक्तिहरूले एमालेको झण्डा जलाउँदै नाराबाजी गरेका थिए। उक्त दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि एमाले दाङले दोषीलाई कारबाही गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो। यता रास्वपाले भने उक्त कार्यमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको र घुसपैठ भएका व्यक्तिहरूले पार्टीलाई बदनाम गराउन यस्तो हर्कत गरेको स्पष्टीकरण दिएको छ। जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्यको पनि खोजी जारी रहेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार