आवासीय चिकित्सककाे आन्दोलनका कारण आकस्मिक सेवा मात्र सुचारू

spot_img

काठमाडाैँ । आवासीय चिकित्सककाे आन्दोलनका कारणा आज आकस्मिक सेवा मात्र सञ्चालनमा छन् ।

नेपाल चिकित्सक सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक बाहेक अरु सेवाहरूमा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको छ ।

आफूहरूले निर्वाह भत्ता नपाएको र ठाउँ–ठाउँबाट धम्की आएकाले आन्दोलन गर्नुपरेको आवासीय चिकित्सकहरूले जनाएका छन् ।

काठमाडौं उपत्यकाभित्रका चिकित्सकहरूले आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरीरहेकाे छन् ।

उपत्यका बाहिरकालाई जिल्ला प्रशासन कार्यालय घेराउ गर्न सङ्घले निर्देशन दिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार