काठमाडाैँ । एमाले सांसद रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त भएका छन् । उनलाई बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गरेका हुन् ।
विद्या भट्टराईले सोमबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएपछि रिक्त भएको सो पदमा पन्त नियुक्त भएका हुन् ।
उनको शपथ भोलि गराउने तयारी छ । पन्त एमालेका समानुपातिक सांसद हुन् ।


