काठमाडाैँ । कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । बैशाख ११ देखि सञ्चालन हुने भनिएकाे परीक्षा सरेर वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डले जनाएकाे छ ।
बोर्डको बैठक बसेर परीक्षाको तालिका तय गर्ने निर्णय भएको छ । यद्यपि बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्नेछ ।
बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई स्थिति जटिल बनेको भन्दै केहीदिन परीक्षा सार्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए ।
यसअघि परीक्षा बोर्डले सबै संयन्त्र प्रयोग गरेर भएपनि तोकिएको समयमै परीक्षा गर्ने निर्णय गरेको थियो ।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा सरेकाे हाे ।

