नेपाल सुपर लिग : पहिलो क्वालिफायर ललितपुर र धनगढी बिच शुरु

spot_img

काठमाण्डौं –  तेस्रो संस्करणको (एनएसएल) नेपाल सुपर लिग फुटबलको पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसी र धनगढी एफसी खेल्दैछन् । खेल आज शनिबार बेलुकी ६ बजे दशरथ रङ्गशालामा शुरू भएको छ ।

यस खेलमा विजेता हुने टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटरमा विजयी हुनेसँग खेल्नेछ । एलिमिनेटर राउन्ड चितवन एफसी र पोखरा थण्डर्स बिच आइतबार हुनेछ ।

अर्को खेल बुधवार र तेस्रो संस्करणको (एनएसएल) नेपाल सुपर लिग फुटबलको फाइनल खेल आउँदो शनिवार हुनेछ । ललितपुर सिटी एफसी यो भन्दा पहिलेको संस्करणको बिजेता टिम हो भने पहिलो संस्करणको बिजेता काठमाण्डु रेजर्स हो ।

सम्बन्धित समाचार

ताजा समाचार