शिक्षक महासंघका प्रतिनिधि र प्रधानमन्त्री बिच भेटवार्ता हुदै

spot_img

काठमाडाै ।  शिक्षक महासंघका प्रतिनिधि र  प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज साँझ भेटवार्ता हुने भएकाे छ ।

भेटवार्ताका  लागि प्रधानमन्त्रीले साँझ ७ बजेकाे समय दिएकाे बताइएकाे छ ।  हुने तय भएको महासंघका महासचिव तुलाबहादुर थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई भेट्नु अघि महासंघले आफ्ना मागबारे छलफलमा जुटेको छ ।

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच संवाद भइरहेपनि सहमति जुटेको छैन । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेमा आन्दोलनको मोडालिटी परिर्वतन गर्न सक्ने संकेत महासंघले दिएको छ ।

शिक्षकहरुको माग अनुसार नै विद्यालय शिक्षा विधेयकलाई लक्षित गरेर सरकारले १२ वैशाखमा संसदको वर्षे अधिवेशन आह्वान गरेको छ ।

यसअघिका सहमति कार्यान्वय नभएकाे भन्दै शिक्षक महासंघn] संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोक्ने बताइरहेकाे छ ।

शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

 

 

 

सम्बन्धित समाचार

ताजा समाचार