चालक लामा कारागार, मालिक फरार

राजस्व अनुसन्धान विभागले लामा र उनले बताएकाे रकमका मालिक नारायण पौडेलविरुद्ध अभियोग दायर गरेको थियो । बुधबार जिल्ला न्यायाधशि ठाकुरप्रसाद खरेलको इजलासले लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

spot_img

काठमाडाैँ । काठमाडौँको टोखाबाट विदेशी मुद्रासहित पक्राउ परेको ट्रक चालक कुसाङ लामा कारागार चलान भएका छन् । यो मुद्राका मालिक भनिएका नारायण पौडेल भने फरार छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले युरो १३ लाख ७५ हजार १५०, अमेरिकी डलर ३ लाख २० हजार ८५० सहित टोखा नगरपालिका २ झोरस्थित सडकबाट चैत ४ गते लामालाई पक्राउ गरेको थियो ।

राजस्व अनुसन्धान विभागले लामा र उनले बताएकाे रकमका मालिक नारायण पौडेलविरुद्ध अभियोग दायर गरेको थियो । बुधबार जिल्ला न्यायाधशि ठाकुरप्रसाद खरेलको इजलासले लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

लामाले चलाएको ना ७ ख १६५२ नम्बरको कन्टेनरमा उक्त रकम बरामद भएको थियो । चालक बस्ने स्थानदेखि माथिको क्याबिनमा फल्स बटम बनाइ लुकाएको अवस्थामा प्रहरीले विशेष सूचनाका आधारमा उक्त रकम बरामद गरेको थियो ।

बरामद भएको रकम बराबर नै उनीहरूविरुद्ध बिगो कायम गरिएको छ । यस्तै सोही ऐनको दफा १७ को उपदफा ९१० बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ को उपदफा ९९० बमोजिम थप सजायसमेत माग गरिएको छ ।

कुसाङ लामा सुन पैठारीको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट २०७४ असार २६ गते दोषि ठहर भएका थिए ।

यो मुद्राका मालिक भनिएका नारायण पौडेल फरार रहेकाले उनको हकमा अदालतबाटै म्याद जारी गर्न पनि अभियोगपत्रमा माग गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार