नेपालसँग कतार ८ विकेटले पराजित

spot_img

काठमाडाैँ । हङकङमा जारी टी-२० सिरिजमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेकाे छ । हङकङमा जारी चार देशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा नेपालले विजयी सुरुवात गरेको हाे ।

टस जितेर फिल्डिङ रोजेको नेपालले कतारले दिएको १५२ रनको लक्ष्य १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले १९ बलमा  ३८ रन बनाए भने आशिफ शेखले २१ बलमा ३३ रन बनाए । कप्तान रोहित पौडेलले २९ बलमा ३७ रन  र सिर अहमद ३३ बलमा ३० रन बनाउँदै नटआउट रहे ।

कतारका मुजीब उर रेहमानले २ विकेट लिए ।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनायो । कप्तान इक्रमुल्लाहले ५४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५४ रन बनाए । शाहजैब जमिलले ३१,  मुजीब उर रेहमानले  २० र मुहम्मद इर्शाद १८ रनमा नटआउट रहे ।

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले १/१ विकेट लिए ।

पेस बलर नन्दन यादवले राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेको पहिलो खेलमै विकेट प्राप्त गरेका हुन् ।

यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् । नेपालले दोस्रो खेलमा बिहीबार कुवेतसँग खेल्ने छ ।

सम्बन्धित समाचार

ताजा समाचार