राप्रपाले कार्यक्रम स्थलकाे फाेहाेर आफै सरसफाइ गरेकोमा बालेनले दिए धन्यवाद

spot_img

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)ले बल्खुमा गरेकाे खबरदारी सभामा भएकाे फाेहाेर आफै सफा गरेकाेमा बालेनले धन्यवाद दिएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फोहोर गरेकाे जरिवाना तिराउन भनेर महानगर नबसेकाे र महानगरले सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने चाहेकाे भन्दै सामाजिक सञ्जालमा स्टाटस लेख्दै धन्यवाद दिएका हुन् ।

राप्रपाले कार्यक्रम सकिएपछि आफैँ फोहोर संकलन गरी सफा गरेको तस्वीरसहित स्टाटस लेखी बालेनले राप्रपालाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री राजेन्द्र गुरुङले विरोधसभामा कार्यकर्तालाई फोहोर नगर्न आग्रह गर्दै, काठमाडौंका मेयर बालेन्द्र शाह जरिवानाको पत्र काट्न पर्खेर बसेको बताएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार