काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा पुर्याइएको छ ।
लामिछानेलाई शुक्रबार नै पक्राउ गरेकाे प्रहरीले सरकारी विदाका कारण दुई दिन हिरासतमा राखेकाे थियाे । आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई उनलाई कारागार लगिएकाे छ ।
अब अदालतको फैसला नआउन्जेल उनी सोही कारगारमा रहने छन् ।
सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । त्यसपछि लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा छुट्न आदेशको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । तर, उच्च अदालतले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश उल्टाइदिएपछि उनी फेरि पक्राउ परेका थिए ।

