घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

spot_img

काठमाडाैँ । साेमबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

केहि दिनदेखि लगातार घटीरहेको सुनकाे मूल्य आज ७ सय रुपैयाँले घटेको हो । आइतबार सुनकाे मूल्य तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ रहेको थियाे ।

चैत २१ बिहीबार सुनको मूल्य १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो । तीन दिनमै सुनको मूल्य ६ हजार ५ सयले घटेको हो ।

आज चाँदीको मूल्य भने बढेर प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ रहेकाेनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार