काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
शुक्रबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजगन्जका प्रहरीको टोलीले रविलाई उनको हात्तीगौंडास्थित निवासबाटै पक्राउ गरेको हाे ।
शुक्रबार साँझ निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले भोलि (शनिबार) मात्रै भैरहवा लैजाने तयारी गरेको छ । आज राति भने जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिनेछ ।
शुक्रबार उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएसँगै रवि पक्राउ परेका हुन्।

