काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफै गिरफ्तारी दिने बताएका छन् । उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएसँगै शुक्रबार राति सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सो जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै, आजै, अहिले नै गिरफ्तारी दिदैछु । साथै न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। म माथि ठूलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस् ।’
यस्तै संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएसँगै प्रहरी घरमा पुगेको छ ।

