काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको एसइईको परीक्षाफल आगामी असार ७ गतेभित्र सार्वजनिक गर्ने जनाएको छ । चैत ७ गतेबाट सुरु भएको एसइईको परीक्षा चैत १९ गते सम्पन्न भएको हो।
यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए। जसमा सबैभन्दा काठमाडौंमा ३९ हजार ६०० र सबैभन्दा कम मनाङ्गमा ४३ जना थिए ।
परीक्षामा न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। वि.सं. २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए।

