काठमाडाैँ । तीनकुनेमा भएकाे प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको पाेष्ठमार्टम रिपाेर्टमा शरीरमा एक गोली लागेको पाइएको छ ।
त्रिवि शिक्षण अस्पतालमा आज भएको पोस्टमार्टम रिपाेर्टमा उनको दायाँ हातको कुहिना नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।
पोस्टमार्टमपछि त्रिवि शिक्षण अस्पतालले शव परिवारको जिम्मा लगाएको हो । उनको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ ।
तीनकुनेमा भएकाे राजावादी प्रदर्शनमा प्रहरीकाे गाेली लागि उनकाे मृत्यु भएकाे थियाे ।

