काडमाडाैँ । आईक्यू एयरको सूचकांकमा काठमाडौं सर्वाधिक प्रद्रूषित शहर भएको देखाएको छ । वायुको गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरले साे तथ्याङ्क देखाएकाे हाे ।
मंगलबार दिउँसो १२ बजे काठमाडौंको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २५६ पुगेको आईक्यू एयरको तथ्यांक छ जुन विश्वका अन्य शहरभन्दा सबैभन्दा बढी हाे ।
यस्तै, सूचीको दोस्रो नम्बरमा रहेको भारतको दिल्लीको एक्यूआई १९२ छ ।
तेस्रो नम्बरमा रहेको थाइल्यान्डको च्याङमाईको एक्यूआई १६४ मापन भएको छ।
स्वास्थ्यका हिसाबले काठमाडौं ‘अति अस्वस्थकर’ शहर बनेको छ ।

