प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

spot_img

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्यान्ड प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिन बैंकक प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्नेछन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक,पर्यटनमन्त्री बद्री पाण्डेलगायतले बिदाइ गरेका थिए ।

कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

 

सम्बन्धित समाचार

ताजा समाचार