राजेन्द्र लिङ्देनले छाती पिट्दै भने-राजावादी यहाँ छ, सके जेल हाल

spot_img

काठमाडाैँ । आइतबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई जेल हाल्न चुनाैती दिएका छन् । आइतबार संसद बैठकमा उनले आफूहरूलाई जेल हाल्न चुनौती दिएका हुन् ।

बैठक सुरु हुनेवित्तिकै कांग्रेस, एमालेका सांसदहरुले राजावादीलाई थुन्नुपर्ने मत जाहेर गरे । साे सुनिसकेपछि रा लिङ्देनले छाती पिट्दै भने  ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल’ ।

शुक्रबार काठमाडौंमा भएको प्रदर्शनलाई लिएर प्रतिनिधिसभामा राजावादी र सत्तापक्षबीच भनाभन भएकाे थियाे ।

राजावादी समूहले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । प्रदर्शनपछि प्रहरीले राप्रपाका उच्चतहका दुई नेतासहित १०० जनाभन्दा बढीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

राजावादी प्रदर्शनका मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र भएको भन्दै पक्राउ गर्न दबाब दिँदै सर्वसाधारणले सामाजिक सञ्जालमा ‘ह्यासट्याग अरेस्ट ज्ञानेन्द्र’ अभियान चलाएका छन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार