संसद बैठक दिउँसाे १ बजे बस्ने

spot_img

काठमाडाैँ । आइतबार बस्ने भनिएकाे प्रतिनिधिसभाकाे  बैठक दिउँसाे २ बजे बस्ने भएकाे छ । विपक्षी दलकाे अवरोधका कारणा आइतबार बिहान सवा ११ बजेका लागि बोलाइएको बैठकको समय सरेको हो ।

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारले जवाफ दिनुपर्ने अडान राख्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार संसदलाई सम्बोधन गर्ने सूचना संसद् सचिवालयमा पठाए सँगै सदनको अवरोध खुल्नुपर्ने आग्रह सत्तापक्षको छ ।

गत शुक्रबार तिनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्‌मा छलफल बहस हुनुपर्ने भएकाले वातावरण बनाउन दलहरूलाई सभामुखले आग्रह समेत गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार