पूर्वराजा ज्ञानेन्द्रले बुझेनन जरिवाना पत्र, अब हुलाकबाट पठाइने

spot_img

काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जरिवाना पत्र नबुझ्ने भन्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । आइतबार नगर प्रहरी पूर्णचन्द्र भट्टको नेतृत्वमा पत्र बुझाउन पुगेको महानगर प्रहरीलाई निर्मल निवासको गेटबाटै फिर्ता पठाइएको थियो।

जरिवाना तोकेको पत्र निर्मल निवासमा बुझाउन गएको नगर प्रहरीलाई गेटबाटै फिर्ता पठाइदिएपछि महानगरले हुलाकबाट पत्र पठाउने तयारी गरेकाे छ ।

चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन र तोडफोडका क्रममा क्षति पुगेको भन्दै महानगरले पूर्व राजा ज्ञानेन्द्र शाहका नाममा ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिवाना तोकेको थियो ।

बिहीबार दुर्गा प्रसाईं निर्मल निवास पुगेर पूर्वराजालाई भेटेका थिए। त्यसलगत्तै उनलाई राजसंस्था पुनर्स्थापनाका लागि भन्दै कमाण्डर तोकिएको थियो ।  दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो । साे प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले महानगरका विभिन्न संरचना, दमकल, अग्नि नियन्त्रकहरूमाथि प्रहार गरेकोमा महानगरले पूर्वराजा शाहलाई जरिवाना लगाउने निर्णय गरेको हो ।

याे पनि : काठमाडौं महानगरले तोक्यो पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना

 

 

 

सम्बन्धित समाचार

ताजा समाचार