के पी ओली आफु नर्कमा गए, मलाई स्वर्ग पठाए- प्रचण्ड

spot_img

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री के पी ओली बिचाैलीयाकाे तिर गएर आफूलाई जनतातिर फर्काएर स्वर्ग पठाएकाे बताए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले ओलीले सरकारबाट ननिकालेकाे भए त्यहि रूमल्लिरहने भन्दै धन्यवाद समेत दिए ।

दाहालले विगतमा गरिएका कमजोरीकै कारण इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोजेको बताए । अबका दिनमा आत्मआलोचना गरी आफ्ना कमी कमजोरी सच्याउँदै, सामन्ती निरंकुशतालाई पछार्दै समाजवादी गणतन्त्र कायम गर्न नयाँ क्रान्तिको आन्दोलन गर्ने पनि बताए ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित समाजवादी मोर्चाको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनयुद्धको नेतृत्वकर्ता, शान्ति सम्झौता, गणतन्त्र घोषणा र संविधान निर्माणको नेताको हैसियतले देशभरका जनतालाई भन्न चाहन्छु, समस्या विगतमा केही त्रुटी गरेकाले पनि पैदा भएका छन् । ‘हामी गणतन्त्रवादीहरूले केही कमजोरी गरेकैले दलाल, नोकरशाहीहरूले पनि थुप्रै लाभ लिने अवसर प्राप्त गरे । तर, अब त्यसलाई सच्याइनेछ ।’

आफु सरकारमा रहदा सामाजिक अन्यायका विरुद्ध, भ्रष्टाचारका विरुद्ध, बिचौलीयाका विरुद्ध काम गरेको र  भ्रष्टाचारीका विरुद्धको सेटिङ भत्काउन खाजेका कारण सरकारबाट निकालेकाे समेत जिकीर गरे ।

सम्बन्धित समाचार

ताजा समाचार