एसइई दिएर फर्कने विद्यार्थीलाई काठमाडौं महानगरले पुर्‍याइदिने, सम्पर्क गर्न आग्रह

spot_img

काठमाडाैँ । राजावादी र गणतन्त्रवादी प्रदर्शनका कारण एसइई दिने विद्यार्थीहरूलाई फर्कनका लागि सवारी साधन उपलब्ध नभए काठमाडौं महानगरभित्रका विद्यार्थीलाई महानगरले पुर्‍याइदिने भएको छ।

शुक्रबार हुने प्रदर्शनका कारण ११ बजेदेखि सवारी आवागमन प्रभावित हुने भएपछि महानगरले एसइईका विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने भएको हो।

महानगरले सवारी साधन उपलब्ध नभएर गन्तव्यवमा पुग्न असहज भएका परीक्षार्थीहरूले सम्पर्क गर्न भनेर महानगर प्रहरी बलका चार जनालाई सम्पर्क व्यक्ति तोकेको छ।

स्थान सम्पर्क व्यक्ति सम्पर्क नम्वर
बानेश्वर क्षेत्रका विद्यार्थी नगरप्रहरी उपरीक्षक कुमार अर्याल ९८५१०६८०९६
त्नपार्क क्षेत्रका विद्यार्थी गरप्रहरी उपरीक्षक मनोज प्रसाद लामिछाने ९८५१०९३१७६
नयाँ बसपार्क क्षेत्रका विद्यार्थी नगरप्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्ट ९८५१२३३६३३
टेकु क्षेत्रका विद्यार्थी नगरप्रहरी निरीक्षक प्रकाश पण्डित ९८५१०५६३४६

 

त्यस्तै हटलाइन सेवा ०१५९०१७६४ र ९८५१३५६५०९ नम्बरमा पनि त्यस्ता विद्यार्थीहरूले सम्पर्क गर्न सक्नेछन्।

प्रदर्शनका कारण शुक्रबार बिहानैदेखि काठमाडौंका विभिन्न सडकमा ट्राफिक डाइभर्सन गरिएका छन्।

सुन्धारा, न्युरोड , रत्नपार्क हुँदै टुँडिखेल घुम्ने सडकमा बिहानैदेखि सवारी आवागमन बन्द गरिएका छन्।

त्यस्तै कलंकी, सोह्रखुट्टे, मैतीदेवीबाट पनि र्‍याली निस्कने तय भएका कारण ती क्षेत्रहरूमा पनि सवारी अवरूद्ध हुने देखिएकाे छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहले तीनकुनेमा गर्न लागेको सभाका लागि पनि सिनामंगल, बानेश्वर सहित भक्तपुरबाट पनि र्‍याली निकालिने भएकाले कोटेश्वर – बानेश्वर सडकमा पनि सवारी आवागमन प्रभावित हुने देखिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार