काठमाडाैँ । प्रधानमन्त्री के पी शर्मा ओलीले राजावदी र समाजवादी मोर्चामा संलग्न दलहरूले काठमाडौंमा भाेली हुने प्रदर्शनकाे वास्ता नगर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले दैनिक १०–१५ हजार मान्छे उपस्थित भएको जुलुस निस्किरहेको भन्दै भोलि पनि त्यही हुने दाबी गरे ।
आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तिललाई पहाड बनाउने काम भएको टिप्पणी समेत गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘एउटा भृकुटीमण्डपमा जुलुस निस्किएर सभा हुन्छ । एउटा कोटेश्वरमा सभा हुन्छ । हुने त्यति हो । यो सभा सधैं हुने गरेकै छ, भोलि पनि हुने त्यति नै हो ।’

