काठमाडाैँ । प्रतिनिधि सभा बैठक दिउँसो २ बजे बस्ने भएको छ ।
प्रतिपक्षी दलको लगातार अवरोधको कारण बुधबार बस्न नसकेको प्रतिनिधि सभा बैठक बिहीबार ११ बजे डाँकीएको थियो । बिहीबार पनि बैठक सञ्चालनका विषयमा दलहरूबीच सहमति बन्न नसकेपछि २ बजे सारिएको हो ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेपछि बैठक समयमा सुरु हुन नसकेको हो ।
प्रधानमन्त्री ओलीले भने सरकारले प्रक्रिया पुर्याएर कर्मचारी हटाएको जबाफ सदनमा नदिने अडान राखेका छन् ।

