काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । यसको पेसी भाेली (शुक्रबार)का लागि तोकिएको छ ।
घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मन्त्री दीपक खड्का, सञ्चालक समिति नेपाल विद्युत प्राधिकरण दरबारमार्ग, हितेन्द्रदेव शाक्यविरूद्ध रिट दायर गरेका छन् ।
सरकारले घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणे कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

