चैत १५ मा समाजवादी मोर्चा र राजावादीकाे प्रदर्शन, राजावादीलाई मोर्चाकाे काउन्टर

spot_img

काठमाडाैँ । चैत १५ मा समाजवादी मोर्चा र राजावादी दुर्गा प्रसाईं सरकारकाे विराेधमा सडकमा प्रदर्शन गर्ने भएका छन् । दुई फरक बैचारिक दृष्टिकाेण भएका पक्षकाे एकैदिन प्रदर्शन हुन लागेकाे हाे ।

समाजवादी माेर्चाले गणतन्त्रको पक्षमा आवाज उठाउने र सरकारले गरेका नराम्रा कामको भण्डाफोर गर्ने बताएकाे छ ।  राजावादीका तर्फबाट भने दुर्गा प्रसाईंले सरकारकाे विराेध र राजसंस्था पुनःस्थापनाको मागसहित जनप्रदर्शन गर्ने बताएका छन् ।

मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टी (नेसपा) छन् ।

मोर्चाले सत्तामा गएपछि नेपाली कांग्रेस र नेकपा एमालेका अलोकतान्त्रिक क्रियाकलापले जनताका अधिकारहरू हनन गरेकाे, भ्रष्टाचार, कमिसन र कालो बजारी बढेकाे, जनतामा निराशा निम्त्याएको आरोप लगाएको छ । साथै, सरकारले लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको, अध्यादेशमार्फत सरकार चलाएको, सदन छलेको र संसदमा दर्ता भएका महत्त्वपूर्ण विधेयकहरू नियन्त्रण गरी राख्नेमा उद्यत भएको मोर्चाको आरोप छ ।

१५ चैतमा हुने मोर्चाको प्रदर्शनमा सरकारले गरेको अनियमित, सुशासन स्थापित गर्न नसकेको, रोजगारी दिन नसकेको, भ्रष्टहरूको संरक्षण गरेको कुराको भण्डाफोर गर्ने बताइएकाे छ ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलहरूले संसदका दुवै सदनको बैठक अवरोध गरेका छन् ।

यता दुर्गा प्रसाइकाे प्रदर्शन सरकार विरूद्ध रहेकाे र राजसंस्था पुनःस्थापनाको माग सहितकाे आन्दोलन हुने बताइएकाे छ । प्रसाईंले यो सरकारले नेपालीलाई सकुम्बासी बनाउँदै लगेकोले जसंस्था पुनःस्थापना गर्नुपर्ने बताउँदै आएका छन् ।

यस्तै समाजवादी मोर्चाले चैत्र १५ गते आन्दोलनका रुटहरू सार्वजनिक गरेकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार