काठमाडाैँ । बिहीबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ । आज छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य पनि ३० रूपैयाँ बढेर २ हजार २० पुगेको महासंघले जनाएको छ । बुधबार चाँदी ताेलाकाे १ हजार ९९० रुपैयाँमा किनबेच भएकाे थियाे ।

