काठमाडाैँ । कुलमान घिसिङलाई हटाइएको विषयमा संसदमा प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राप्रपा लगायत दलका सांसदहरू उठेर विरोध जनाएका हुन् ।
विपक्षी दलका सांसदहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद शक्ति बस्नेतलाई समय दिएका थिए । बस्नेतले घिसिङलाई अपमानजनक रूपमा हटाइएको भन्दै सरकारले जवाफ नदिएसम्म बैठक अघि बढ्न नसक्ने बताएका थिए ।
सरकारले स्पष्टीकरणको नौटंकी रचेर आफ्नो गलत कर्तुतलाई छोप्ने दुष्प्रयत्न गर्रेकाे बताए । बस्योनेतले प्राधिकरणलाई बक्यौता उठाउन नदिने र जल माफियाहरूको स्वार्थ पूरा गर्न घिसिङलाई हटाएकाे आराेप समेत लगाए ।

