कुलमान हटाउनुमा यस्ताे छ सरकारकाे प्रष्टीकरण

spot_img

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट कुलमान घिसिङलाई हटाएकोमा सरकारले प्रष्टीकरण दिएको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले  सुशासनका लागि घिसिङलाई हटाउने निर्णय गरेको बताए ।

’मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै गुरूङले भने, ‘सरकारले कार्यसम्पादनमा जे अधिकार प्राप्त गरेको छ, त्यही प्रयोग गरेर काम गरेको हो। जे चिज आजको आवश्यकता हो त्यही गरेका हौं। मन्त्रिपरिषद्ले जे निर्णय गरेको छ, त्यो निर्णयले सुशासन प्रबद्र्धन हुन्छ ।’

उनले लोकतन्त्रमा मानिसहरू सडकमा निस्कने अधिकार सुरक्षित रहेको पनि बताए ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा घिसिङ हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।

 

सम्बन्धित समाचार

ताजा समाचार