भारत चिनको सम्बन्धमा सुधारको संकेत

spot_img

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दीर्घकालीन प्रतिद्वन्द्वी चीनसँगको सम्बन्ध बारे सकारात्मक टिप्पणी गरेका छन्। एउटा अन्तर्वातामा बाेल्दै, प्रधानमन्त्री मोदीले भारत-चीन विवादित सीमा क्षेत्र सामान्य स्थितिमा फर्किएको भन्दै दुवै देशबीचकाे सुदृढ सम्बन्धको लागि प्रस्ताव समेत गरे ।

माेदिकाे साे अन्तर्वाता लगत्तै, चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङले एक अर्काको सफलतामा योगदान गर्नका लागि दुवै देश साझेदार बन्नुपर्ने बताएकी छन ।

यसले भारत र चिनकाे द्विपक्षीय सम्बन्ध सुधारउन्मुख रहेकाे बताइने गरीएकाे छ ।

लद्दाख झडपपछि पनि चिन र भारतबिच द्विपक्षीय व्यापार मजबुत रहेको छ । यी दुवै देशले गैर-पश्चिमी आर्थिक मोडेललाई अगाडि बढाउन, इस्लामवादी आतंकवादको सामना गर्न र अमेरिकी नैतिक अभियानको विरोध गर्न साझा धाराणा राख्छन ।

लद्दाख झडपले दुवै देशको सम्बन्धमा खटपट आएपनि यी दुवै देशका सेनाले उच्च-स्तरीय संवादहरू जारी राखेका थिए । जसकाे परिणामस्वरूप अक्टोबरमा सीमा गस्तीहरू पुनः सुरु गर्ने सम्झौतामा पुगेका थिए । साेहि महिना मोदीले  रूसमा भएको ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति शी जिनपिङसँग भेटेर थप सहकार्यको प्रतिवद्धता गरेका थिए । जनवरीमा, दुवै पक्षले प्रत्यक्ष हवाइ उडानहरू पुनः सुचारू गर्ने सहमति समेत गरेका थिए ।

 

 

 

सम्बन्धित समाचार

ताजा समाचार